काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








