काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता देखाउनु नपर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले प्रतिनिधिसभा पुनस्स्थापना हुँदा पनि नैतिकता देखाउनु नपर्ने हो ? भनी प्रश्न गरेका हुन्।
‘हामीले बनाएको संविधानको धारा १०० को उपधारा (२) मा विश्वासको मत लिनुपर्ने उल्लेख छ। कहाँ पुग्यो यो कुरा,’ उनले भने, ‘अधिकांश दलले प्रधानमन्त्रीको राजीनामाको प्रश्न उठाएका छन्। के विषयमा उठ्यो त्यो पनि सबैलाई थाहा छ।’
उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे।








