• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्यार्थीमा नयाँ कोरोना !

  •   शुक्रबार, चैत २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेको छ। विद्यार्थीमा नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभ देखिन थालेको छ। यो भाइरस यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको विज्ञ बताउँछन्। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा संक्रमितहरूलाई एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढेको बताए।

    ‘एस जिन नेगेटिभ भेरियन्ट बढ्दो मात्रामा देखिएको छ। कम उमेरका व्यक्तिमा बढी देखिएकाले एकदमै सतर्क हुनुपर्ने भएको छ’, निर्देशक डा. पौडेलले भने। कम उमेरका व्यक्तिमा एस जिन नेगेटिभ पुष्टि हुँदा यूके भेरियन्टको आशंका गरिएको छ। पछिल्लो २४ घण्टामा बिहीबार ३ सय ३२ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २ सय ९८ जनामा कोभिड पुष्टि भएको थियो। संक्रमितको संख्या बढ्नुमा चाँडै सर्ने यूके भेरियन्ट भनिने सार्स–कोभ–२ को नयाँ प्रकार भएको आशंका गरिएको छ।

    कोरोना भाइरसको प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्ने कार्य द्रुत ढंगले भइरहेको छ। काठमाडौं, पोखरामा पुष्टि भएका कोरोना संक्रमितको नमुना परीक्षण गर्दा एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढ्दो छ। ‘जिन सिक्वेसिङ गर्दा प्रमाणित भएको भए यूके भेरियन्ट हो भनेर भन्न सकिन्थ्यो। त्यसैले सम्भावित यूके भेरियन्ट भन्न सकिन्छ’, डा. पौडेलले भने। कतिपय जर्नलमा एस जिन नेगेटिभलाई यूके भेरियन्टका रुपमा लिने गरेको पाइन्छ। यो कलिलो उमेरका व्यक्तिमा बढी देखिन थालेको छ।

    ‘स्कुल जाने उमेरका १२ देखि १६ वर्ष उमेर समूहका व्यक्तिलाई पनि देखियो’, उनले भने, ‘स्कुले विद्यार्थीमा देखिएकोले जोखिम बढेको प्रस्ट हुन्छ। बेलैमा सावधानी र सतर्कता अपनाउनुपर्ने देखिएको छ।’ सरकारले हालै विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा जीन सिक्वेन्सिङको लागि १५ नमुना पठाएको छ। त्यस्तै नेपालका विभिन्न प्रयोगशालामा पनि जिन सिक्वेन्सिङको परीक्षण गर्ने तयारी भइरहेको छ। नेपालबाट ५ जनाको नमुना हङकङ पठाएकोमा पुस अन्तिम साता तीन जनाको एस जीन नेगेटिभ आएको थियो। आजको अन्नपूर्णपोस्टमा खबर छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.