काठमाडौँ । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ।
अहिले देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ । राती देशका पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक वा दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाभित्र देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहको तथा देशका पहाडी तथा तराइ भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।








