चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टको सरुवा भएको छ । उनको महानगरीय अपराध महाशाखा टेकु काठमाडौँमा सरुवा भएको हो ।
चितवनमा नयाँ ट्राफिक प्रहरी प्रमुखको रुपमा भगवानराज थापा आउने भएका छन् । उनी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडाैँबाट सरुवा भएर चितवन आउन लागेका हुन् ।
उनीहरुसँगै प्रहरी प्रधान कार्यालय काठमाडाैँले एकैपटक ३६६ जना प्रहरी निरीक्षकको सरुवा गरेको हाे । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको जनाइएको छ ।








