काठमाडौं । पश्चिम तथा पहाडी क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका केही भू-भागमा तुँवालोको असर रहने छ । राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।








