चितवन । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ७ स्थित खजुरी खोलामा अवैध रुपमा उत्खनन गर्ने ६ वटा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार शनिबार सांँझ ५ बजेतिर ईच्छाकामना गाउंँपालिका वडा नम्बर ७ स्थित खजुरी खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।
ती ट्रयाक्टर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए । ‘हामीले त्यस्तो अवैध गरेको देखेमा वा उजुरी आएमा नियन्त्रण गर्ने अधिकार हुन्छ, प्रहरी उपरीक्षक अधिकारीले भने, थुन्ने, जरीवाना गर्ने अधिकार हुदैन । जरीवाना तिराएर छाडियो अवैध रुपमा उत्खनन गर्ने ६ वटा ट्रयाक्टरलाई जरीवाना तिराएर सोमबार छाडिएको छ ।
जिल्ला समन्वय अधिकारी चुडामणी गौतमले प्रति ट्रयाक्टर १० हजार रुपैयांँ लिएर छाडिएको जानकारी दिए । अवैध उत्खनन गर्ने क्षति र अपराधको आधारमा जिल्ला अनुगमन समितिको कार्यविधि अनुसार अवैध नदीजन्य पदार्थको उत्खनन,संकलन र बिक्रि वितरण गर्नेलाई कारवाही गरिदै आएको छ ।








