काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ।
यस्तो छ आजको मौसम: चैत्र ३१ गते (मंगलवार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू-भागमा तुँवालोको असर रहने छ। राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श देशको पहाडी भू-भागका एक-दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका केहि भू-भागमा तुँवालोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।








