काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








