चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनताको लागि अहिलेको परिस्थितिमा कांँग्रेस सरकारमा जान र पार्टीको महाधिवेशन समयमै सक्नु दुबै महत्वपूर्ण विषय रहेको बताएका छन । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै सिंहले ओलीको स्वेच्छारी र अधिनायकपनले कांँग्रेस सरकारमा जानुको विकल्प नरहेको बताएका हुन्।
‘हिजोपनि अन्तिम निणर्य र विकल्पमा कांँग्रेसले नै निकास दिदै आएको थियो चाहे २०४६, ०४७ को आन्दोलन होस या संविधान जारी गर्नेसम्मका कुरामा होस ।’उनले भने । कांँग्रेस सरकारमा जाने बिषयमा कुन प्रतिपक्ष पार्टीसंँग सहज र बहुमत पुग्छ कांँग्रेसले सोही पार्टीसंँग मिलेर सरकार बनाउने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएपनि नैतिकता हराईसकेकोले ओलि नेतृत्वको सरकारको औचित्य नभएको सिंहको भनाई थियो ।
काँग्रेस सरकारमा जाँदै गर्दा महाधिवेशनलाई असर पर्छकि पर्दैन भन्ने जिज्ञासामा उनले भने, ‘जनताको लागि कांँग्रेस सरकारमा जानुपर्छ । कांँग्रेस सरकारमा जान तयार छ । पार्टीको लागि महाधिवेशन महत्वुपर्ण विषय हो । महाधिवेशन तोकिएको मितिमा हुन नदिन पार्टीभित्रकै आन्तरिक कुराले असर परेको उनले संकेत गरे । महाधिवेशन सार्ने अब कुनै विधान , विकल्प नरहेको उनको भनाई थियो ।








