चितवन । पटिहानीबाट लागुऔषध सहित एक युवती पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ कि २१ बर्षीय निरिशा महत्तो रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय , चितवनले दिएको जानकारी अनुसार आईतबार सांँझ भरतपुर म.न.पा. २२ पटिहानीकी महत्तोले घरको पलंगमुनि लुकाईछिपाई लागुऔषध राखेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट डाइजेपाम २५ पीस फेनेरागन २८ पिस र नुर्फिन २७ पिस बरामद गरिएको छ ।
उनी आफै लागुऔषध सेवनकर्ता रहेको र अन्यलाई समेत लागुऔषध बिक्रि वितरण गर्दै आईरहेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनलाई पक्राउ गरी लागुऔषध ऐन २०३३ अनुसार कारवाही हुने थापाले बताए ।








