हेटौंडा। मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाएका छन। २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने क्रममा ७ जना पत्रकार कोरोना संक्रमित भई कोरोना बिमा बापत पाउनुपर्ने १ लाख रुपैयाँ पाएका हुन। पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत कोरोना बिमा बापत पाउने १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।
कोरोना बिमा बापत रकम पाउनेमा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई,सचिव गणेश दर्पण अधिकारी,महासंघ पुर्व सदस्य सुजन विडारी,केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) महासंघ सदस्य जीवराज बख्रेल,अनिष लुइँटेल र सहनशीला ढकाल रहेका छन। फ्रन्टलाईनमा काम गर्ने पत्रकारमा कोरोना जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुरमा आवद्ध पत्रकारहरुको १ लाखको कोरोना बिमा गरेको थियो।
यसैक्रममा पत्रकार महासंघ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बिमा बापत पाएको रकमबाट १० हजार रुपैया पत्रकार पेन्सन कोषमा सहयोग गरेका छन। साथै पत्रकार महासंघ मकवानपुरले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ। महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षाता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,महिला उपाध्यक्ष सम्झना कार्की, महासंघ पुर्व अध्यक्ष राममणि दाहाल,निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बागमती प्रदेश महासचिव कृष्ण सारुमगर मगर,प्रदेश सदस्य सुदिप शिवाकोटी,पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,कैशल पाण्डे,महासंघका पुर्व उपाध्यक्ष,कोषाध्यक्ष सहित विभिन्न सञ्चार माध्यम आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो।








