• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दुई बर्षभित्र नारायाणगढ मुग्लिनसडकका १५ वटै पुलको निर्माण सकिने

  •   बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ । झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ । त्यसको लम्बाई ६५ मिटर छ । यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ । सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो ।

    सो खण्ड आयोजनाले गत वर्ष भरतपुर डिभिजनलाई हस्तान्तरण गरेको थियो । यी पुलको काम दुई वटा ठेक्कामा भइरहेको प्रमुख रिमालले जानकारी दिनुभयो । तीन वर्ष पहिले पुल निर्माण शुरु भएको थियो । उहाँले भन्नुभयो, “सबै पुल अबको दुई वर्षमा सकिने गरी काम भइरहेको छ ।” मुग्लिनबाट नारायणगढतर्फ लाग्दा केही अगाडि तीन पुल निर्माण गर्नुपर्ने भए पनि कठीन भूगोलका कारण निर्माण गर्न अप्ठेरो भएको प्रमुख रिमालले बताउनुभयो । मुग्लिनबाट अगाडि चार पाँच किमी दूरीमा रहेका तुइन खोला पुल, किसिनजी खोला पुललगायत स्थानमा पुल निर्माण गर्दा असजिलो भएको उहाँको भनाइ छ ।

    यहाँको भैगोलिक बनावट अप्ठेरो भएकाले अहिलेसम्म डिजाइन हुन सकेको छैन । यो स्थानमा सवारीसाधन रोक्न पनि नमिल्ने र भित्तामा पहिरो र ढुङ्गा काट्नु पर्ने भएकाले कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छेउतिर नदी र भित्तामा चट्टान नै चट्टान भएकाले काम गर्न कठिन छ ।” सबै पुलहरूको निर्माण कम्पनी आफैले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ट) मार्फत निर्माण अघि बढाइएको हो । अरु सबैको डिजाइन सकिएर निर्माण भइरहेको र कतिको सम्पन्न हुने चरणमा पुगे पनि कठिन भूगोल भएका स्थानमा निर्माण व्यवसायीले डिजाइन फाइनल गर्न सकेका छैनन् ।

    भूगोलकै कारण नारायणगढतर्फ पुल निर्माण गर्न गाह्रो नभएको तर मुग्लिनतिरको कठिन भएको प्रमुख रिमालले बताउनुभयो । उहाँका अनुसार अहिले नौ पुलमा काम भइरहेको छ । अहिले काम भइरहेका र डिजाइनमा रहेका सबै पुल नै दुई वर्षमा सम्पन्न गरिने उहाँले बताउनुभयो । निर्माण भइरहेका पुलमा निर्माण कम्पनीले नियमित काम गरिरहेको छ । ठेक्का सम्झौतामा ३० महिनाको अवधि थियो । उहाँले भन्नुभयो, “निर्माण भइरहेका कुनै पनि ठाउँमा व्यवसायीले ढिलाइ गरेको छैन र अरु विवाद पनि छैन ।”

    सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा छ । नारायणगढ–मुग्लिन खण्डमा सडक बनिसके पनि निर्माणाधीन पुल सम्पन्न नहुँदा अझै पनि सवारीसाधन गतिमा चल्न सकेका छैनन् । सो खण्ड पार गर्न अहिले औसल ३० मिनेट लाग्ने गरेकामा सबै पुल सम्पन्न हुँदा १० मिनेट समय अझै कम लाग्ने उहाँले बताउनुभयो । पुल निर्माण स्थलमा व्यक्तिगत घर र जग्गा नभए पनि वरिपरि टहरा छन् । उहाँले भन्नुभयो, “हामीले त्यहाँ भएका टहराहरू क्षतिपूर्ति दिएर हटाइरहेका छौँ ।”

    सरकारले नागढुङ्गाबाट मग्लिन सडक पनि विस्तार गर्ने योजना बनाएको छ । सो खण्डमा सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुनेछ । नागढुङ्गा–नौबिस, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरी तीन खण्डमा बिस्तारको योजना बनाइएको छ । यो सडक आगामी वर्षदेखि निर्माण शुरु हुनेछ । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार सबैतिर गर्दै जाने योजना बनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.