काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ७४ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ४०५६ रहेको छ ।








