• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवचुलीका नारायण बसेलको शव बाग्लुङ्गमा भेटियो

  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । एक महिनाअघि हराएका बुटवलका व्यवसायीको शव बागलुङमा गाडिएको अस्थामा फेला परेको छ । बुटवल–११ कालिका नगरमा सियोर जब डटकम व्यवसाय गर्दै आएका नारायण बसेल बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर–२ रिनाम बेसीमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

    देवचुली नगरपालिका–३, केवरानी नवलपरासी स्थायी ठेगाना भएका ३२ वर्षीय बसेल चैत ४ गते साँझदेखि सम्पर्कविहीन भएका थिए । चैत ५ मा उनका दाजु भागीरथ बसेलले प्रहरीमा उजुरी दिएका थिए । हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय चलाउँदै आएका मित्रलाल खनाल छन् । मुख्य आरोपी उनका दाजु गौरीशंकर खनाल भने फरार छन् । उनीहरु बाग्लुङको ढोरपाटन नगरपालिका–२ रिनामका स्थायी बासिन्दा हुन् । आर्थिक लेनदेनका कारण बसेललाई बुटवलमा हत्या गरी शव बाग्लुङ लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।

    आरोपितले प्रहरीलाई दिएको बयानअनुसार गौरीशंकरले साझेदारीमा व्यवसाय गर्ने भन्दै १२ लाख रुपैयाँ लिएका थिए । पछि कुरो नमिलेपछि बसेलले व्यवसायबाट हात झिकेका थिए । प्रहरीका अनुसार चैत ४ मा उक्त रकम बुझाउने बहानामा गौरीशंकरले बसेललाई बोलाएका थिए । गौरीशंकरका भाइले बुटवलमै हत्या गरेर सुटकेसमा हाली बसको छतमा राखेर शव बागलुङ पुर्‍याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।

    त्यसपछि उक्त शव ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामबेसीमा जस्तीखोलाको कुलोको मुहानमा गाडेको पनि आरोपितले बयान दिएको प्रहरीको भनाइ छ । शव भेटिएको हल्ला आएपछि गौरीशंकरले ढोरपाटन नगरपालिका–२ का वडाध्यक्ष युवराज महतलाई शव भेटिएको हो वा होइन भन्दै बुझ्न फोन गरेका थिए । वडाध्यक्ष महतले एक पुरुषको शव फेला परेको बताए गत्तै उनको मोबाइल अफ रहेको पनि प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार स्थानीयले बाख्रा चराउन गएका बेला कुलोको मुहान खन्ने क्रममा शव भेटिएको हो । र शंकास्पद वस्तु देखेका थिए । उनीहरुले माटो निकालिएको र शव गाडिएको जस्तो देखेपछि इलाका प्रहरी कार्यलय बुर्तिबाङमा खबर गरेका थिए । वैशाख १ गते बिहान प्रहरी टोली घटनास्थलमा पुगेर शव निकालेको थियो ।

    जसमा नाम्लोसँगै प्लास्टिकले बेरेर डोरीले कसेको अवस्थामा शव फेला परेको थियो । बुधबार बसेलको शव भएरनभएको चिन्न भाइ मदन बसेल र आफन्त बागलुङ गएका थिए । उक्त शव नारायणकै भएको पुष्टि भएको दाजु नारायण बसेलले बताए । बसेलले ७ वर्ष जापान बसेर आएपछि डेढ वर्षयता व्यवसाय चलाएका थिए । मृतककी श्रीमती डेढ महिनाकी सुत्केरी छन् । बुटवलका प्रहरी नायब उपरीक्षक राठौरले अभियुक्तको खोजी कार्य तीव्र पारेको बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.