नवलपुर । नवलपुरको कावासोतीमा रहेको एटुजेड मोबाइल हाउसको बम्पर उपहार कार्यक्रम अन्तर्गत कावासोतीकै प्रदीप पाण्डेले स्कुटर उपहार जित्नु भएको छ । यस्तै, नवलपुरको देवचुलीका विशाल गुप्ताले एक तोला बराबरको सुनको औंठी उपहार जित्नु भएको छ ।
बम्पर उपहार योजना अन्तर्गत मोबाइल खरिद गरेका ग्राहकहरुलाई लक्षित गरी एजुजेड मोबाइल हाउसले उपहार योजना अघि सारेको थियो । यस्तै, कावासोतीका विशाल राइले स्मार्ट टिभी, मध्यबिन्दुका जेम्स मगरले फ्रिज, कावासोतीकै रमेश सारुले स्मार्ट फोन उपहार प्राप्त गरेको एटुजेड मोबाइल हाउसका सञ्चालक अभि श्रेष्ठले जानकारी दिनुभयो ।
अन्य पाँच जनालाई विभिन्न सान्त्वना पुरस्कार वितरण गरिएको छ । नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत विजेता घोषणा गरिएको थियो ।








