चितवन । होटल तथा रेष्टुरेन्टको क्षमता अभिवृद्धिका लागि हस्पिटालिटी म्यानेजमेन्ट टे«निङ्ग चितवनको नारायणगढ स्थित होटल गंगोत्रीमा सुरु भएको छ । तालिममा चितवन, नवलपुर, कास्की र मकवानपुरका व्यवसायीहरुको सहभागीता थियो । होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डद्धारा संयुक्त रुपमा दोस्रो चरणमा उक्त तालिम काठमाण्डौ उपत्यका बाहिर चितवनमा सञ्चालन भएको हो । तालिमको एक समारोहका विच नेपाल पर्यटन बोर्डका कार्यकारी डा. धनञ्जय रेग्मी र भरतपुर महानगरपालिकाका उप मेयर पार्वती शाहले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै सुरु गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै डा।रेग्मीले आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रसँग सम्बन्धीत होटल तथा रेष्टुरेन्टहरुको स्तर वृद्धिका लागि पर्यटन वोर्ड कटिवद्ध रहेको बताउनुभयो । साथै उहाँले होटल व्यवसायी महासंघ नेपाल अन्तर्गतका होटलहरुले दिईरहेको सेवा, सुविधा अत्यन्तै सहहनीय रहेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार सात वटै प्रदेशहरुमा तालिम सञ्चालन गर्न नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताउनुभयो । त्यस्तै समारोहमा बोल्नु हुँदै भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले होटल व्यवसायी महासंघ नेपालले ल्याएको प्रस्तावलाई भरतपुर महानगरपालिकाले सदैव साथ दिईरहेको तथा यस महानगरपालिकालाई पर्यटकीय महानगरपालिका बनाउन लागि परेको बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले महासंघले कोभिड—१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा समेत महासंघको गरिमा उँचो बनाउन क्वारेन्टाईन व्यवस्थापन कार्यमा अग्रसरता देखाएको र व्यवसायीहरुको पिर मर्का र समस्याका बारेमा आवाज उठाउँदै नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गरिएको बताउनु भयो । कार्यक्रमको अन्तमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्षल हिराध्वज शाहले बोल्नुहुँदै स्वस्थ र व्यवस्थित व्यवसायहरु सञ्चालन गरी पर्यटन प्रवद्र्घन गर्नका निमित्त महासंघले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरीसकेको बताउनुभयो ।
साथै उहाँबले भोलीका दिनहरुमा महासंघले व्यवसायीहरुको हक हितको लागि सकारात्मक कदम चाल्ने प्रतिवद्घता जाहेर गर्नुभयो र अन्तमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभयो । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, महासंघका उपाध्यक्ष ईमान्दु बराल, प्रशासन सचिव दिर्गमान गुरुङ्ग (नारायण), सचिव तुल्सीराम भण्डारी(शंकर), सह कोषाध्यक्ष मोदनाथ बेलवासे , केन्द्रीय सदस्य लक्ष्मी कार्की, सल्लाहकार प्रेम वञ्जाडे, सल्लाहकार राम प्रसाद सुवेदी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे, नेपाल चेम्बर अफ कमर्शका निर्मला पण्डित, भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्वराज सुवेदी, पत्रकार महासंघ नेपालका कोषाध्यक्ष राजेन्द्र आचार्य, पर्यटन पत्रकार मञ्चका अध्यक्ष सुर्य प्रकाश कँडेल लगायतले बोलेका थिए ।
२ दिन सम्म सञ्चालनमा आउने उक्त तालिममा विभिन्न ५ वटा विषयहरुमा घननाथ अधिकारी, सुदिप पोख्रेरल, सुमन घिमिरे, डा।विश्व सुवेदी र विनोद अर्यालले तालिम प्रदान गर्नुहुनेछ । समुद्घाटन समारोह सुरु हुनु अघि महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीलगायतको टिमलाई गणेशधाम, देवघाट तथा नारायणी नदी किनार अवलोकन भ्रमण गराउनु भएको थियो । तालिममा ५० जना व्यवसायीहरुको सहभागीता थियो ।








