हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत शनिवार हेटौंडा उपमहानगर भित्र र बागमती तथा बकैया गाउँपालिका भित्रका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै विभिन्न स्थानमा मर्मत कार्य गर्नुपर्ने भएकोले ग्रामीण र वंशगोपाल फिडर अन्तर्गतका स्थानहरुमा विहान ७ बजे देखि ११ र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार ग्रामीण फिडर अन्तर्गत हटिया चिसापानी हुदै बकैया र बागमती गाउँपालिकाको राईगाउ सम्म र वशंगोपाल फिडर अन्तर्गत हटिया चिसापानीदेखि हेटौंडा-१७ को कार्यालय सम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।









