• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राम–सिताको मूर्ति प्रधानमन्त्रीले बिदाई गर्ने

  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  प्रधानमन्त्री ओलीले रामको जन्मभूमी माडीको अयोध्या भएको अभिव्यक्ति दिए संगै माडीमा राम सीताको मन्दिर निर्माणको कामलाई अन्तिम रुप दिइएको छ । अहिले राम–सिताको मूर्ति राख्नका लागि घरहरु निर्माणको काम अन्तिम चरणमा पुगेका छन् ।

    यही बैशाख ७ गते काठमाडौंमा निर्माण गरिएका राम–सीताको मुर्ति चितवन ल्याइदै छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा निर्माणा गरिएका मूर्ति रामधाम समितिलाई हस्तान्तरण गरे संगै काठमाडौंको भृकुटीमण्डब, पशुपती लगाएतका क्षेत्रहरुको परिकर्मा गराई, स्वस्ति बाचन र बिभिन्न मन्त्र उच्चारण सहित रथमा राखेर चितवन ल्याईने छ ।

    अयोध्या अध्ययन अनुसन्धान समितिका संयोजक नारदमणी पौडेलका अनुसार मूर्तिलाई रथयात्रा ७ गते सहित देवघाट ल्याइने छ । देवघाट ल्याईएका मूर्तिलाई शन्तमहन्तहरुले बिधि पूर्बक ती मूर्तिहरुको पुजापाठ गर्ने उहाँले जानकारी दिनुभयो । माडीमा अहिले मूर्ति राख्नका लागि घरहरु निर्माणको काम, राममन्दिर निर्माणका लागि बनाइएका बिभिन्न उपसमितिहरुले आ–आफ्नो काम गरिरहेका छन् । बैशाख ६ गतेसम्म अस्थायी मन्दिर र सत्तल निर्माण भइसक्ने उहाँको भनाई छ ।

    बैशाख ८ गते राम नवमीको दिन अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्नका लागि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याउन लागिएको हो । बागमती प्रदेशका प्रदेश सभा सदस्य बिजय सुबेदीका अनुसार बैशाख ७ गते प्रधानमन्त्रीबाट कलश र बग्गी सहितको शोभायात्राको प्रारम्भ हुने छ । भोलिपल्ट मूर्ति पुजन गरेर मात्र माडी लगिने छ ।

    देवघाट क्षेत्र विकास समितिले श्रद्धालुहरुलाई खान र बस्नको व्यवस्था गर्ने छ। त्यसको व्यवस्थापनका लागि एक दर्जन उप–समितिहरु गठन भएको छ। बैशाख ८ गते बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गरी पुनः रथयात्रा सुरु गरिने छ ।

    भरतपुर महानगरपालिका–२९ को दासढुंगा हुँदै आँपटारी–नारायणगढ–चौविसकोठी भएर रथयात्रा माडी जाने सुवेदीले बताउनुभयो । माडी प्रवेश गरेपछि कलश सहितको रथयात्रा माडी नगरपालिका वडा नम्बर ९ अयोध्यापुरीको प्रस्तावित राम मन्दिर निर्माणस्थल कृष्णनगर पुग्ने छ। कृष्णनगरमा अहिले अस्थायी राममन्दिर निर्माण हुँदै छ।

    मूर्तिलाई सोहि मन्दिरमा स्थापना गरिने कार्यक्रम छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मूर्तिलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । अयोध्याधामको गुरुयोजनाअनुसार राममन्दिर निर्माण भएपछि मूर्तिलाई स्थानान्तरण गरी प्राण प्रतिष्ठा गरिने सुबेदीले बताउनु भयो ।

    २०७७ असार २९ गते प्रधानमन्त्री केपी ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया सुरु भएको हो। ओलीको निर्देशनमा तीन महिना अगाडि नै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण गरिएको थियो।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.