चितवन । चितवनमा त्रिमुल पार्टि नेपालको क्षेत्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिदेशि हस्तक्षेप लाई निर्मुल पार्दै नेपालको मौलिकतालाई संरक्षण गर्ने उदेश्यले स्थापना भएको त्रिमुल पार्टिले आज (शनिवार) चितवनमा क्षेत्रिय भेलाको आयोजना गरी आफना सुभेच्छुकहरुलाई प्रशिक्षण दिएको हो ।
गत बर्ष स्थापना भएको त्रिमुल नेपाल पार्टिले हालसम्म ६६ जिल्लामा आफ्नो संगठन स्तिार गरीसकेको छ । भने बाँकी जिल्लामा छिट्टै बिस्तार गर्ने योजना रहेको त्रिमुलका सदस्य मेघराज पौडेलले जानकारी दिनुभयो । भेलामा त्रिमुल पार्टिद नेपालका केन्द्रीय अध्यक्ष भरत दाहालको प्रमुख आतिथ्यता रहेको थियो । भने त्रिमुल नेपालका समन्वय समितीका चितवन जिल्ला संयोजक मोहनदास आचार्यको अध्यक्षता रहेकोे थियो ।








