काठमाडौं । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ ।
६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।








