काठमाडोैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








