चितवन । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्याधामको बिषय प्रचारमुखी नभई यर्थाथमुखी हुनुपर्ने बताएका छन ।
आज माडीको अयोध्याधाममा निर्माण हुन लागेको राम मन्दिरको अवललोकन र निरीक्षण गर्ने क्रममा उनले राम माडीको अयोध्याधाम जन्मेको बिषयमा अध्ययन अनुसन्धानबाट प्रमाणित भए सबैको लागि खुशीको बिषय हुने बताए ।
‘म यसै क्षेत्रको जनप्रतिनिधि भएको नाताले सबैभन्दा बढी म खुशी हुन्छु उनले भने , आधिकारिकता पुष्टि भए यसले माडीको धार्मिकरुपमा मात्र नभई यहाँको जीवनस्तर माथि उठ्ने छ ।’ धार्मिक बिषय जनताको धार्मिक आस्था, सवेदनशील बिषय भएको भन्दै प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने उनको भनाई थियो ।
सरकारको नेतृत्व आफूले गर्न पाए आफूले यसको थप अध्ययन अनुसन्धान गरी आधिकारीक रुपमा प्रमाणित गरिने उनले बताए । हाल यहांँ भएको पूर्वाधार र संरचना निर्माणमा आफ्नो पूर्ण साथ र सहयोग हुने भन्दै उनले अरुको भ्रममा नपर्न माडीबासीलाई आग्रह गरे ।








