काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो।
महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा बैठक स्थगित भएको एक नेताले जानकारी दिए । तर, अहिले शिर्षनेताहरु अनौपचारिकमा रहेको बताइएको छ ।
बैठक भोलि अपराह्न ४ पुन बस्नेछ । पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।








