काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
यस्तै, बैठकमा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरणको प्रयासबारे पनि छलफल हुनेछ ।
ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेको माओवादी केन्द्रले समीकरण बन्न नसक्दा सरकारबाट समर्थन फिर्ता लिएको छैन ।








