चितवन । चितवनमा तीन महिलालाई जबरजस्ती वेश्यावृतीमा लगाउने एक रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ घर भइ हाल चितवन राप्ती नगरपालिका ४ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४० वर्षीय कुमार गौतम रहेका छन ।
आफ्नै रेष्टुरेन्टमा वेटरको रुपमा कार्यरत तीन महिलालाई दबाव तथा करकापमा पारी वेश्यावृतीमा लगाउने गरेको सुचनाको आधारलाई उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख, एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।
उनले ग्राहकहरुसँग रकम लिएर ति महिलालाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । पक्राउ परेका गौतमलाई मानव बेचविखन तथा ओसारपसार कसूरमा चितवन जिल्ला अदालतबाट हिरासतमा राख्नका लागि ७ दिनको अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








