काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार यस्तो छ आजको मौसम:
२०७८ बैशाख ६ गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।








