• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका विद्यालयहरुमा फैलियो कोरोना

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । कोरोना भाईरस (कोभिड १९) को संक्रमण जिल्लाका विद्यालयहरुमा फैलिएको छ । जिल्लाका चार वटा विद्यालयमा संक्रमणको पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको हो । यस्तै ईच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई संक्रमण देखिएको छ ।

    चितवनका विभिन्न विद्यालयहरुमा कोरोना फैलिएपछि अभिभावकहरु आफ्ना बालबालिका विद्यालय पठाउने नपठाउने बिषयमा चिन्तित छन भने विद्यालयका सञ्चालकहरु बन्द गर्ने कि नगर्ने बिषयमा द्धिविधामा रहेका छन । कतिपय विद्यालयले मन्त्रालय र स्थानीय सरकारको र प्रशासनको आदेशको निर्णय कुरेर बसेका छन । कोरोनाको उच्च जोखिम र त्रास बढेपछि कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेको पाईएको छ ।

    भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई संक्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ । आईतबार र आज सो विद्यालय बन्द भएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ । गुञ्जानगर माविका दुई जना विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र ईच्छाकामनाका दुई जना शिक्षकमा संक्रमण देखिएको शिक्षा विकास तथा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले बताउनुभयो ।

    विद्यालयहरुमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आईतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय ईकाई प्रमुखको बैठकले वैशाख महिनाभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाख महिनाभित्रमा सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का प्रतिनिधिसँग आज छलफल गरिंदै छ । जिल्लामा आईतबार मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म ७ हजार ७१ जना संक्रमित भएको छन् । हालसम्म ६ हजार ८१८ जना निको भएका छन् । हाल संक्रिय संक्रमित १४९ जना रहेका छन् । हालसम्म जिल्लाका ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो समय कम उमेर समूहमा समेत संक्रमण देखिन थालेको छ ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरमा संक्रमण देखिन थालेकाले बालबालिकालाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयलले चितवनलाई उच्च जोखिम जिल्लाको रुपमा घोषणा गरेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.