नवलपुर । नवलपुरको कावासोतीमा भिजन सेक्युरिटिज प्रालिको शाखा कार्यालय उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै ढुंगानाले धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने बताए । धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछी अब हामी दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको उनले बताए ।
उनले यस कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने जिकिर गरे । हालको उपलब्धीको जगेर्ना गर्दै पूँजी बजारको क्षेत्र र दायरा थप विस्तार गर्नुपर्ने चुनौति रहेको बताउँदै २०७८ सालमा बोर्ड नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्ने गरी अघि बढिरहेको उनले बताए ।








