• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनको माडीमा आज एकैदिन दुई प्रहरी चौकीको उद्घाटन

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको माडी नगरपालिकामा आज एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ लागतमा (प्रति भवन १ करोड ६२ लाख ६१ हजार ९३४)  दुई वटै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आज उद्घाटन गर्नुभएको हो ।

    कार्यालय,ब्यारेक, भान्छाघर र शौचालय समेत रहने गरी भवन निर्माणको जिम्मा पाएको कम्पनी बिरुवा के एण्ड जेजे भी जुगल १ सिन्धुपाल्चोकले प्रहरी चौकी कल्याणपुर र प्रहरी चौकी सोमेश्वरको निर्माण सम्पन्न गरेको हो । प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट बनाइएको डिजाइन अनुसार निर्माण सम्पन्न भवन साँढे दुई तल्ले रहेको छ ।

    नव निर्मित भवनको भुइ तल्लामा कार्यालय प्रयोजका लागि २ वटा कोठाहरु र शौचालय, २ वटा महिला तथा पुरुष हिरासत कक्ष, पहिलो तत्लामा एक वटा जुनियर प्रहरी अधिकृत आवास, पुरुष तथा महिला जनशक्तिका लागि दुई वटा ब्यारेक, सवैभन्दा माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुख निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ । निर्मिाण सम्पन्न दुई वटै भवन भुकम्प प्रतिरोधात्मक रहेको छ ।

    बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दुइ वटै प्रहरी चौकीको उद्घाटन गर्दै चालु आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी चौकीका भवन निर्माण गरिने बताउनुभयो । योजना अनुसार माडीमा सम्पन्न दुई भवन सहित हालसम्म ३४ वटा निर्माण सम्पन्न भएको र वाँकी १२ वटा निर्माण कार्य जारी रहेको बताउनुभयो । एउटा भने प्राविधिक कारण निर्माण हुन नसकेको उहाँको भनाई छ।  थ्प २१ वटा प्रहरी कार्यालयका विभिन्न संरचना निर्माण गर्न मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै मन्त्रालयलाई धन्यवाद दिनुभएको थियो ।

    कोरोनाका कारण नयाँ भर्नामा ढिलाई हुँदा प्रहरीमा जनशक्ति कम भएको तर पछिल्लो भर्नाबाट छनौट भएकाहरु प्रशिक्षणमा रहेकाले उनीहरु आउनासाथ अपुग ठाउँमा जनशक्ति परिचालन गर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी भएमात्रै गुनासो रहित समाज निर्माण गर्न सक्ने र अपराधि तथा गलत कार्य गर्नेहरु लुक्ने ठाउँ समाज भएकाले समाज सचेत भए सभ्य शान्ति समाज निर्माण हुने बताउनुभयो । साथै आफ्नो कार्यमा खटिने प्रहरीहरुलाई नियम कानुनमा रहेर जनउत्तरदायी काम गर्न निर्देशन दिनुभयो ।

    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनमा पाँच वटा भवन निर्माणको योजना रहेको र त्यसै मध्ये माडीमा सम्पन्न भएको जानकारी दिनुभयो । माडीमा प्रहरी चौकी निर्माणले राम सीताको मुर्ति संरक्षणसँगै माडीमा आउने पर्यटकहरुलाई सुरक्षित महसुस गराउन यसले सहयोग पुग्ने बताउनुभयो । साथै भवनका लागि आवश्यक फर्निचर, कम्पाउण्डीङ लगायतका कार्यमा स्थानीय तहले सहयोग गरिदिन उहाँको आग्रह थियो ।

    कार्यक्रममा जनप्रतिनिधिहरु, माडी नगरपालिकाका प्रमुख प्रशासीयक अधिकृत पुष्पराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका सुरक्षा शाखा प्रमुख ज्ञानदीप राई, बागमति प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, लगायत स्थानीयको सहभागीता रहेको थियो । 

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.