फाईल फोटो
चितवन। जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । १५ हजार ६७९ भूमिहिन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन् ।
भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा पालिकामार्फत फाराम भरेका छन् । आयोगका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकका अनुसार भरतपुर महानगरपालिकामा चार हजार ८५८ अव्यवस्थित बसोवासी र पाँच हजार ५२ सुकुम्वासीले फाराम भरेका छन् ।
त्यसैगरी रत्ननगर नगरपालिकामा ९९९ अव्यवस्थित र एक हजार ३९९ सुकुम्बासी, खैरहनी नगरपालिकामा दुई हजार २२८ अव्यवस्थित र एक हजार ३५ सुकुम्बासीले फाराम भरेका छन् ।








