काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई आजै स्पष्टिकरण पत्र पठाउन लागिएको हो । कर्णालीमा ‘फ्लोर क्रस’ गरेर एमालेका सांसदहरूले सरकारको पक्षमा मतदान गरेपछि अध्यक्ष केपी ओली माधव समूहप्रति आक्रामक बनेका छन् ।
उनीहरुलाई स्पष्टिकरणको जवाफ दिन दुई दिनको समय दिइनेछ । माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन् । अब उनीहरुलाई त्योभन्दा कडा कारवाही हुने प्रधानमन्त्री केपी ओलीले सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा जानकारी दिएका थिए ।








