• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

धुलिखेल र बनेपाका शैक्षिक संस्था भोलिदेखि बन्द

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णय अनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी० को आजको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । “दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो”, पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    बैठकको निर्णय पालना गरे नगरेकोसमेत डिसिएमसीले अनुगमन गर्ने जनाइएको छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई शहर बनेपा र धुलिखेल पनि थिए तर, यहाँका शैक्षिक संस्था आज निर्वाध सञ्चालनमा आए । बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी तथा धुलिखेल नगरमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् ।

    बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ । यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएको थियो । करिब ११ महिनापछि अर्थात् माघबाट मात्रै पूर्णरुपमा भौतिक उपस्थितिमा मात्रै कक्षा शुरु गरिएको थियो । यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो समय कोरोना सङ्क्रमण दर उकालो लागिरहेको छ ।

    हिजो नौ र आज छ सङ्क्रमित थपिएपछि मङ्गलबार साँझसम्म जिल्लामा हाल १८ पुरुषसहित ३८ कोरोना सङ्क्रमित छन् । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४०० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने १४ महिलासहित ४५ को मृत्यु भएको छ । १३ स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा हाल १४ सङ्क्रमित रहेका छन् ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.