चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक गरेको छ ।
आज( बुधवार) तामाङ पत्रकार संघले भरतपुरमा कार्यक्रम गरेर नयाँ सालको शुभकामना आदानप्रदान र भित्ते पात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा माननीय ओमबहादुर घलानले नेपालको राज्निति दुर्घटनाको अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले औपचारिक कार्यक्रम गरेर मात्र नपुग्ने,र आफ्नो अस्तित्वको लागि निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा लेखिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन तामाङ समुदाय जागरुक हुनु पर्ने समय आएको बताउनुभयो । तामाङ समुदायको पहिचान सहितको समृद्धिको लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सशक्त ढंगबाट अघि बढ्न उहाँले भन्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले तामाङ पत्रकार संघ चितवनलाई जुनसुकै किसिमको सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाँले तामाङ संग्रहालयको आवश्यकता भएको भनाइ राख्दै प्रस्ताव लिएर आएको खण्डमा पूर्ण सहजीकरण गर्ने जिकिर गर्नुभयो ।
संघलाई आफूसँग भएका सिप, स्रोत साधन निःशुल्क उपलब्ध गराउने उनको धारणा थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य लीलाकुमार घलान, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, प्रेस युनियन नेपालका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका अध्यक्ष सुवास पण्डित, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष सन्दिपकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य उर्गेन तामाङ, पाख्रिन समाज केन्द्रीय उपाध्यक्ष शम्भु पाख्रिन, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गंगालाल तामाङ, लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बो लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संघका उपाध्यक्ष बबिलाल तामाङले स्वागत मन्तव्य र सचिव राजेश तामाङले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।








