चितवन । काठमाडौं वल्र्ड स्कुलको आयोजनामा बिहिबार अपरान्ह साढे तीनबजे शिक्षा सम्बन्धी परामर्श तथा अन्तक्र्रिया हुने भएको छ । शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने सन्दर्भमा स्कुलले भरतपुरको सिजी ल्याण्डमार्कमा सम्बन्धित सरोकारवालासंँग परामर्श तथा अन्र्तक्रिया गर्न लागेको हो ।
‘राम्रो भविष्यका लागि शिक्षा’ मुख्य नारा अघि सारेको स्कुलले विद्यार्थीका अभिभावकलाई अन्र्तराष्ट्रिय स्तरको शिक्षा नेपालमै दिने उद्धेश्यले छलफल तथा कार्यक्रम गर्न लागेको बताएको छ । काठमाण्डौको सूर्यविनायकमामा रहेको स्कुलमा पछिल्लो समय देशैभरीका अभिवावक छोराछोरीलाई गुणस्तरीय तथा रोजाईको शिक्षा दिलाउने उद्धेश्यले स्कुल स्थापना गरिएको प्रिन्सीपल केसरबहादुर खुलालले जानकारी दिए । सो कार्यक्रममा शिक्षाविद् इञ्जिनियर मिथिलेश कुमार झा तथा प्रिन्सिपललले परामर्श दिनेछन ।
कार्यक्रममा अभिभावक, विद्यार्थी , लगायत अन्य सरोकावारवालाबीच परामर्श तथा अन्र्तक्रिया हुनेछ । आधुनिक पद्धतिबाट हाल स्कुलमा स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न कक्षा तथा पूर्वाधारसहित स्कुल संचालन गरिने खुलालले जानकारी दिए । उक्त कार्यक्रममा सहभागीहरुले आफ्ना जिज्ञासा राख्न सक्नेछन ।








