काठमाडौँ । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले थप १० दिन लकडाउनको समय बढाएको हो ।उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले पनि लकडाउन बढाउन मन्त्रिपरिषद्लाई सुझाव दिएको थियो । कोरोना परीक्षणको गति थोरै भएकाले जोखिम कायमै रहेको भन्दै लकडाउन बढाउने निर्णय सरकारले गरेको हो ।








