चितवन । काठमाडौं वल्र्ड स्कुलको आयोजनामा शिक्षा सम्बन्धी परामर्श तथा अन्तक्र्रिया सम्पन्न भएको छ । (बिहिबार) आज भरतपुरमा शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा स्कुलले शिक्षासगँ सम्बन्धित सरोकारवालासंँग परामर्श तथा अन्र्तक्रिया गरेको हो ।
‘राम्रो भविष्यका लागि शिक्षा’ मुख्य नारा अघि सारेको स्कुलले विद्यार्थीका अभिभावकलाई अन्र्तराष्ट्रिय स्तरको शिक्षा नेपालमै दिने उद्धेश्यले छलफल तथा कार्यक्रम गरेको स्कुलका अध्यक्ष मिथिलेश कुमार झा ले बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले कक्षा १ देखि कक्षा १२ सम्म कक्षाहरु संचालन भइरहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा शिक्षाविद्ध रमाकान्त सापकोटाले आफ्नो बालबालिकाको गुणस्तर शिक्षा निकै आवश्यक रहेको बताउनुभयो । घोकन्ते शिक्षा भन्दा सिकेको शिक्षा बालबालिकाको छिटो टिप्ने गरेको बताउनुभयो ।
उहाँले शिक्षा घोक्नको लागि किताबमा सिमित भएपनी सिक्नको लागि किताब आवश्यक नहुने गरेको बताउनुभयो । त्यस्तै प्रिन्सीपल केसरबहादुर खुलालले काठमाण्डौको सूर्यविनायकमामा रहेको स्कुलमा पछिल्लो समय देशैभरीका अभिवावक छोराछोरीलाई गुणस्तरीय तथा रोजाईको शिक्षा दिलाउने उद्धेश्यले स्कुल स्थापना गरिएको जानकारी दिनुभयो ।
आधुनिक पद्धतिबाट हाल स्कुलमा स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न कक्षा तथा पूर्वाधारसहित स्कुल संचालन गरिएको खुलालले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावक, विद्यार्थी , शिक्षा क्षेत्रमा संलग्न भएका व्यक्तिहरु समाजसेवी लगायत अन्य सरोकावारवालाहरुको उपस्थित भएको थियो ।








