चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण कम गर्न ‘तपाईको मास्क खोइ’ अभियान चलाएको छ । सडकमा प्ले कार्डसहित सवारी रोकेर प्रहरीले तपाइँको मास्क खोइ भन्दै सर्वसाधारणलाई प्रश्न गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका आधा दर्जन बढी प्रहरी कर्मचारीले मुख्य राजमार्गमा बसेर तपाइँको माक्स खोइ लेखिएको प्ले काड देखाउँदै मास्क लगाउन आग्रह गरेका हुन् । कोरोनाको दोस्रो लहर चलिरहेका बेला नागरिकमा यसको जोखिम कम गर्न भन्दै प्रहरीले यो अभियान थालेको हो ।
यात्रु तया सवारी चालकलाई सिस्टाचारसहित नम्र भाषामा उनीहरुले सडकमा रोकेर माक्स प्रयोग गर्न सुझाएका थिए । साथै टाँडि, पर्सा , माडि, मुग्लिङ लगायत भिडभाड हुने सबै स्थानमा यो कामको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।









