सांकेतिक तस्विर
बाँके । एक कोरोना संक्रमितले आफ्नै घरमा झुण्डिएरआत्महत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ ।
खत्रीलाई गएको वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा थिए । कोरोना संक्रमित भएकाले घरकै एउटा कोठामा बसेका खत्रीले शनिबार राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घरका मान्छेले झुण्डिएको देख्नासाथ डोरी काटेका तर त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।








