चितवन। कोरोना भाइरस (कोभिड–१९)को कहर वढिरहेको समयमा सरकारले एक किसिमको मापदण्ड तयार गरि लागु गरेको छ । तर त्यही मापदण्ड सरकारी निकायहरुलेनै उल्लंघन गर्दै आएका छन् ।
केही दिन अघि चैते दशैंको समयमा माडीमा सरकारको संस्कृति, पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयले तामझामका साथ राम, सिता, लक्ष्मण र हनुमानको मूर्ती राखियो । बैशाख ८ गते पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको कार्यक्रमबाट नै सरकारले गरेको निर्णय सरकारबाटै उल्लंघन हुन थालेको स्पष्ट थियो ।
अहिले फेरी प्रधानमन्त्री कुलपति रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिक्षान्त समारोहको बहनामा सरकारको निर्णय उल्लंघनको तयारी गरेको छ । विश्वविद्यालयले यही बैंशाख १४ गते प्रधानमन्त्री, र शिक्षा मन्त्रीको उपस्थितिमा दिक्षान्त समारोह गर्न लागेको जनाएको छ । कोरोना कहरका कारण वैशाख ६ गते बसेको मन्त्री परिषदको निर्णयले कुनै पनि कार्यक्रममा २५ जना भन्दा वढि सहभागी हुन नपाउने जनाएको छ ।
सामाजिक दुरी कायम गर्दै गर्नु पर्ने ती कार्यक्रमहरु गर्दा स्थानिय प्रशासन संग अनुमति लिनु पर्ने स्पष्ट जानकारी छ । मन्त्रीपरिषदको निर्णयमा । छिमेकी देश भारतमा कोरोना फैलीरहेको समयमा देशमा पनि फैलन सक्ने भन्दै उच्च साबधानी अपनाउनु पर्ने समयमा सरकारका बिभिन्न मातहतबाट हुने यस्ता कार्यक्रमहरुमा जिल्लामा रहेका सत्ताधारी दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।
यसले गर्दा पनि कोरोनाको जोखिम वढ्दै गएको पाइन्छ । विश्वविदालयले गर्न लागेको दोस्रो दिक्षान्त समारोहमा बिभिन्न बिधामा सर्बाधिक अंक ल्याउने ४० जना बिद्यार्थी, २३ जना सिनेट सदस्य सहभागी हुने जनाइएको छ । विश्वबिद्यालयले ५ सय जना अट्ने क्षमताका सभाहलमा कार्यक्रम गर्ने जनाएको भए पनि प्रधानमन्त्री आउने भए पछि स्वभाबिक रुपमा मानविय भिड वढ्ने निश्चित छ ।
विश्वविद्यालयले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने जनाएको भए पनि जिल्लामा रहेका सो बिश्वबिदालयबाट अध्ययन पुरा गरेका बिद्यार्थीहरु पनि सहभागी हुने निश्चित छ । यसले गर्दा कोरोनाको संक्रमण वढ्ने देखिए पनि यसको रोकथाम तथर्फ स्थानीय प्रशाशनको ध्यान जान नसकेको देखिन्छ ।








