काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो ।
पछिल्लो समय छिमेकी देश भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन् ।
यसरी जाने सबै विदेशी नागरिकको पीसीआर परीक्षण गर्दा संक्रमण बढ्ने जोखिम रहेकाे मन्त्रालयको भनाई छ ।









