चितबन। विश्व महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेहरूको शिघ्र स्वास्थ्यलाभ, कोरोना रोगबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र यो रोग बिरूद्ध अग्रपंतिमा रहेर कार्य गर्ने डाक्टर,सुरक्षाकर्मी,कर्मचारी हरुको मनोवल वढाउनका लागि र बुद्ध जयन्तीको अवसरमा भरतपुर १० को माहाकालेश्वर शिवालय मन्दिर अगाडि वरपिपल चोकमा आज साझ ७ बजे १०८ दियो , मैनबत्ती बालेर सार्वसाधारणले प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान प्रति ऐक्यवद्धता जनाएका छन्। बुद्धपूर्णिमाको अवसरमा आज साँझ देशभरी घरघरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो देशवासीलाई आह्वान गरेका थिए । ओलीको सोही अपिलप्रति समर्थन जनाउँदै आज देशभर दीप प्रज्वलन गरिएको हो।
यस्तै दीप प्रज्वलन कार्यक्रम माहाकालेश्व टोल बिकास सस्थाकी अध्यक्ष पार्वती खनालले पहिलो दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धाटन गरेकी थिन् । कार्यक्रममा टोल बिकास सस्थाका उपाध्यक्ष एकनारायण पौडेल , समाजसेवी , टोलबासिको उपस्थिति रहेको थियो ।
चितवनको माहाकालेश्वर टोलमा पनि दिप प्रज्वलन
चितवनको माहाकालेश्वर टोलमा पनि दिप प्रज्वलन
- अ
- अ
- अ








