चितवन । भरतपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा जगन्नाथ तिवारी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख १३ गतेको सचिव स्तरीय निर्णयबाट डाक्टर तिवारीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो । यसअघिका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वासुदेव पाण्डेले वैशाख ५ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश पाएपछि अस्पतालको मेसु पद खाली थियो ।
मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि डा तिवारीलाई आर्थिक अधिकारसमेत प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।








