हेटौंडा । देशभर कोरोनाको दोस्रो लहर बढेसंगै संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै मकवानपुरका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरु विहान ११ बजेबाट दिउसो २ वजेसम्म सुचारु हुने भएको हो ।
कोरोना संक्रमणको जोखिम बढेसंगै कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा बैशाख १४ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं सञ्चालकहरूसँग बसेको बैठकले उक्त निर्णय गरेको हो । सबै बैंकका एटिएम २४ सै घण्टा सुचारु रहने छ ।
त्यस्तै सहकारी संस्थाहरुले घर तथा पसलमा गई नगद संकलन कार्य अर्को सुचना नआएसम्मको लागि रोक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले सुचना निकालेको छ । साथै सहकारी पनि आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने र विहान ११ बजेबाट दिउसो २ वजेसम्म सुचारु हुने भएको हो ।









