हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा बोकेको सुमो सहित १ जनालाई पक्राउ गरेको छ ।
भिमफेदी-३ स्थित भैंसे चेक प्वाईन्टमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४७३३ नम्बरको सुमो चेकजाँच गर्ने क्रममा भागेपछि शंका लागि पिछा गरेर नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुमोबाट ६ वटा पोकामा रहेको ३४ किलो लागूऔषध गाँजा सहित चालक पर्सा बिन्दावासिनी गाउँपालिका वडा नम्बर–३ बस्ने २९ बर्षीय रविन्द्र उपाध्यायलाई पक्राउ गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताए ।
गाँजा र सुमो भैसे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको टोलीले राप्ति बगरबाट नियन्त्रणमा लिएको हो।पक्राउ परेका चालक माथी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कावाही प्रकृयाअघी बढाइएको प्रहरी निरीक्षक अधिकारीले बताए।








