चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १६ पुरुष र ३५ महिला गरि ५१ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला र १ पुरुष ,खैरहनिका १ पुरुष र राप्तीका १ पुरुष र १ महिला रहेका छन ।
गैंडाकोटका २ महिला र ७ पुरुष कवासोतीका १ पुरुष ,देबचुलीका १ महिला र १ पुरुष र जनकपु र मुसिकोटका १र१ पुरुष पनि संक्रमीत भएका हुन । संक्रमितहरु ५ देखि ८३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट संकलन गरिएका १५२ नमूनाको बिहीवार गरिएको परिक्षणमा ८२ वटा नेगेटिभ र ७० नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।








