चितवन । भरतपुर महानगर १६ स्थित शरणपुरका मिलन गुरुङको किराना पसलमा शुक्रबार बिहान मैनबत्ती बाल्ने क्रममा आगोलागी भएको छ ।
तत्काल भरतपुर महानगरको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उक्त आगो २ः५० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगोलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन ।
आगोलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।








