चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका-३ बारघरे बस्ने ६५ बर्षिय बुद्धवल गुरुङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज बिहान साढे ८ बजे नगरवनमा घांस काट्ने क्रममा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाईते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ।








