नवलपुर । पूर्वि नवलपरासीमा सत्रदिनको अवधिमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १ गतेदेखि १७ गतेसम्म जिल्लामा २२३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
कार्यालयका प्रमुख केशव चापाँगाईले कोरोना भाईरस कोभिड १९ का कारण यो विचमा २ जनाले ज्यान गुमाएको र ३ जना निको भएर घर फर्केको जानकारी दिए । जिल्लामा सबैभन्दा वढी गैँडाकोट नगरपालिकामा ६९ जना कोरोना संक्रमित भएका छन ।
त्यसैगरी कावासोती नगरपालिकामा ५९, देवचुली नगरपालिकामा ३६, मध्यविन्दु नगरपालिकामा २२, विनयीत्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा १४ जना कोरोना संक्रमित भएका छन ।
जिल्लाका २ पहाडी गाँउपालिकाहरु बौँदीकाली र बुलिङटारमा १/१ जनामा कारोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।








