चितवन । चितवनमा पहिलो दिनको तुलनामा दोस्रो दिन निषेधाज्ञा उल्लघंनको घटनामा कमी आएको छ । शुक्रबार पहिलो दिन निषेधाज्ञा उल्लघंनको संख्या उच्च रहे पनि शनिबार दोस्रो दिन भने कमी आएको हो ।
यसै क्रममा आज ८४१ वटा सवारी साधनलाई होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गरी हिँडडुल गर्ने २ हजार ५८२ जनालाई प्रहरीले नियन्त्रणमा लिई सझाइबुझाइ छाडेको प्रहरीले जनाएको छ ।








